ताजा समाचार

एसएसपी खत्रीको बयान: गोरेले निराैलाको नाम लिएर मलाई नै हकार्थे, सुन नै नभेटी तस्करी भन्नै मिल्दैन

विराटनगर १७, जेष्ठ । बिहीवार जिल्ला अदालत मोरङमा उपस्थित भएका ३८ क्विन्टल सुन तस्करी प्रकरणका अभियुक्त नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीको बयान सकिएको छ । अदालतमा उपस्थित भएलगत्तै शुरु भएको बयान सकिएपछि अदालतमा अहिले खत्रीको थुनछेक बहस चलिरहेको छ ।

बयानमा खत्रीले नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक गोविन्द निरौला र सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती गोरेको विशेष सम्बन्ध रहेको बताएका छन् ।

उनले आफ्नो बचाउ गर्दै सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन् । मोरङ जिल्ला अदालतमा बिहीबार बयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफूलाई जानकारीसमेत नभएको बताएका छन् ।

खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । खत्रीले आफूले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बताएका छन् । बयानमा क्रममा गोरेले आफूलाई डीआईजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन् । श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरे पनि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई नै थाहा भएको बयान दिएका थिए ।

गोरेले बयानका क्रममा खत्रीले सुन निकालेबापत प्रतिकेजी ५० हजारका दरले कमिसन लिँदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org