ताजा समाचार

सुन काण्ड: श्याम खत्रीको बयान, प्रहरीको एउटा गुट नै म विरुद्व लागेको छ (पूर्णपाठसहित)

विराटनगर १८, जेष्ठ । सुन तस्करीको अभियोग लागेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले योजनावद्ध रुपमा आफूलाई फसाउन खोजिएको दाबी गरेका छन् ।

लामो समय फरार भएका एसएसपी खत्रीले बिहीबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।

लगतै उनको बयान लिइयो र थुनछेक बहस भएर खत्री पुर्पक्षका लागि थुनामा गएका छन् । एसएसपी खत्रीको १२ पेज लामो अदालती बयान अनलाइनखबरले हात पारेको छ ।

उनले आफूमाथि लागेको आरोप अस्वीकार मात्र गरेका छैनन्, डीआईजी बढुवाको एक नम्बरको दाबेदार भएकाले प्रहरीकै कुनै गुटले फसाउन खोजेकोसमेत दाबी गरेका छन् ।

गोरेदेखि तपाईंकै ड्राइभरसम्मले तपाईंको कोठामा सुन छाड्ने गरेको बयान दिएका छन् नि भन्ने प्रश्नमा उनले आफ्नो कोठासम्म आउन थुप्रै सुरक्षा जाँच पास गर्नुपर्ने र सीसीटीभी पनि हुने भएकाले यो सम्भव नभएको बताएका छन् ।

उनले भने, ‘त्यत्रो टोलीलाई छलेर मोहन काफ्लेले म भएको ठाउँमा सुन पुर्‍याउने कुरा आउँदैन । यो बयान कसैले सिकाएर भन्न लगाएको हो ।’

उनले अघि भनेका छन्, ‘अहिले बढुवाको टाइम भएको र म बढुवा हुने एक नम्बरमा परेको हुँदा कुनै गुटले निजलाई बाध्य बनाएर यस्तो बयान गर्न लगाएको हुनुपुर्छ ।’

ड्राइभर विष्णुबहादुर खड्कालाई डरधम्की देखाएर रणनीतिक बयान दिन लगाएको उनको दाबी छ ।

एसएसपी खत्री विमानस्थल सुरक्षामा सेकेण्डम्यानका रुपमा खटिँदा खड्का ड्राइभर थिए र छानविन समितिसामू सुन तस्करीमा खत्रीको संलग्नता रहेको बयान खड्काले दिएका थिए ।

गोरेले पनि खत्रीलाई पोलेका छन् । तर, एसएसपी खत्रीले भने आफूले गोरेलाई नचिनेको बरु डीआईजी गोविन्द निरौलाले ‘साथीको छोरा’ भनेको दाबी गरेका छन् ।

त्यही कारण गोरेले आफूलाई नगन्ने गरेको र विमानस्थलको गेटमा आफ्ना केटाहरुसँग झगडा गरेको भेटेपछि आफूले एकपटक हप्काएको उनको दाबी छ ।

एसएसपी खत्रीले आफ्नो बयानमा भनेका छन्, ‘गोरे भन्ने चुडामणि उप्रेती डीआईजी गोविन्द निरौलाको साथीको छोरा भएको हुँदा निकै धाकधम्की लगाउँथे । बाहिर मलाई सरुवा गरिदिन्छु भन्दै हिँड्थे रे ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org