ताजा समाचार

सानै उमेरमा विवाह : छोरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

“यो समुदायमा छोरीको विवाह गर्दा धेरै खर्च लाग्छ”,,। “त्यसले गर्दा छोरीभन्दा छोराको चाहना बढी छ ।

बनियानी, झापा, २४ जेठ। कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी छिन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनले चार सन्तानलाई जन्म दिइसकेकी छिन् ।

सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि उनी उमेर नहुँदै आमा बनिन्। त्यसमा पनि चार सन्तानलाई जन्म दिइसकेकी उनले पाँचौँ सन्तान पनि जन्माउनु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उनका चारै सन्तान छोरी हुनु ।

सीता त उदाहरण मात्रै हुन् । उनकाे जस्तै बाध्यता अन्यको पनि छ । मण्डल समुदायमा छोरीभन्दा छोराको चाहना बढी भएको स्वास्थ्य स्वयंसेविका सावित्रा बर्देवाले बताए। “यो समुदायमा छोरीको विवाह गर्दा धेरै खर्च लाग्छ”,उनले भने, “त्यसले गर्दा पनि छोरीभन्दा छोराको चाहना बढी छ ।”

छोराछोरी समान भन्ने कुरा व्यवहारमा लागू नहुँदा र छोरीलाई बोझ र छोरालाई भविष्यको पालनकर्ताको रुपमा हेरिनुले पनि महिला छोराकै लागि बढी सन्तान जन्माउन बाध्य भएको कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं बताउछिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org