सोलुखुम्बुमा ६ गर्भवती महिलाको अकालमै ज्यान गयो
सोलुखुम्बु २५, जेष्ठ । चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ ।
चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिए ।
मृत्यु हुनेमा सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकाभित्रका रहेका छन् । कम उमेरमा गर्भाधान, स्वास्थ्य संस्थामा नियमित जाँच नगर्ने, मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति नगराउने र समयमा नै उपचारमा नपुग्दा उनीहरुको मृत्यु भएको डा शेर्पाको भनाइ छ ।
मृत्यु हुनेमा थुलुङ दूधकोशी गाउँपालिका देउसा चराखुकी १८ वर्षीया महिलाको शिशुलाई जन्म दिएपछि साल अड्किनाका साथै अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो । यस्तै सोही गाउँकी १८ देखि ३० वर्षकी अर्की महिलाको समेत अत्यधिक रक्तश्राव भएर तत्काल थप उपचार गर्न नसक्दा मृत्यु भएको डा शर्पाको भनाइ छ ।
यस्तै महाकुलुङ गाउँपालिका पेल्माङकी ३२ वर्षीया र सोलु दूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी ५० वर्षीया महिलाको समेत अत्यधिक रक्तश्राव भएर थप उपचार नहुँदा मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै माप्य दूधकोशी गाउँपालिका काँकुकी २४ वर्षीया महिलाको समेत समयमा उपचार हुन नसक्दा रक्तश्रावकै कारण मृत्यु भएको प्रमुख डा शेर्पाले बताए ।
उनीहरुमध्ये चारजनाको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउनुका साथै अस्पतालमा प्रसूति नगराउँदा मृत्यु भएको बताइन्छ । जिल्लामा कम समयमा बच्चा जन्माउनु, स्वास्थ्य संस्थामा नियमित जाँच नगराउनु, धेरै बच्च जन्माउनु खानपानमा समेत ध्यान नदिनुलगायतले आमाको ज्यान जाने गरेको कार्यालयको भनाइ छ । जनचेतना अभावकै कारण मातृ मृत्युदर कम हुन नसकेको डा शेर्पाको भनाइ छ ।
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...