ताजा समाचार

डडेल्धुरामा माओवादीको गाउँ इकाई कार्यालय आगजनी

 

डडेल्धुरा २५, जेष्ठ । अज्ञात समूहले डडेलधुराको अजयमेरु गाउँपालिका–२ स्थित चमटामा रहेको तत्कालिन  नेकपा माओवादी  केन्द्र गाउँ इकाई कार्यालयमा  आगजनी गरेका छन् ।

गएराती भएको आगजनीबाट हाते माइक, रजिष्टर, पर्चा पम्पेल र एक थान सिडिएम फोन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगजनी भएको स्थान अस्थायी प्रहरी पोस्ट चमटाबाट  ५०० मिटर नजिकै  रहेको छ । घटनाबारे  अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org