ताजा समाचार

युएन पार्कमा गोली चल्यो, गुण्डा नाइके लामा पक्राउ

घाइते लामाको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद

काठमाडाैं २८, जेष्ठ ।  राजधानिको शंखमुलस्थित युएन पार्कमा गोली चलेको छ ।

सर्च अप्रेशनको क्रममा खटिएको प्रहरी टोलीमाथि आक्रमनको प्रयास गरेपछि  गुण्डा नाइके अशाेक लामामाथि गोली चलाइएको हो । प्रहरीको गोली लागेर घाइते भएका लामालाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।

प्रहरीको वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो ।

सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको अपराध महाशाखा प्रमुख एसएसपी धिरज प्रताप  सिंहले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org