ताजा समाचार

गगनको गर्जन, विप्लव र पूर्वराजा ज्ञानेन्द्र भन्दा प्रधानमन्त्री आेली संघीयताविरोधी

काठमाडौं २८, जेष्ठ।  नेपाली काँग्रेस नेता तथा साँसद गगन थापाले प्रधानमन्त्री केपि शर्मा आेलीलाई प्रमुख संघीयताविरोधीको संज्ञा दिएका छन् ।

प्रदेश लगायत स्थानीय तहलाई अवमुल्यण गर्दै सरकारले संघीयता विरोधी काम थालेको उनको आरोप थियो। नेता थापाले संघीयताको रक्षामा कांग्रेसले ड्युटी गर्नुपर्ने समेत बताए।

‘संघीयतालाई विप्लव र पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि र प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा,’ उनले भने।

कांग्रेस महासमितिबाट विधान संशोधन गरी अधिवेशनको प्रक्रियामा जानुपर्ने उनले बताए।

‘पुरानो ठाउँमा हैन नयाँ ठाउँमा पुर्यावउनुपर्छ। पुरानो ठाउँमा लाने नेतृत्वको सोचले यो सम्भव नभएको समेत जिकिर गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org