ताजा समाचार

शिक्षक सेवा आयोगले माग्यो दश हजार शिक्षक, छनोट जिल्लास्तरमै हुने (विज्ञापनसहित)

काठमाडाैं १, असार । शिक्षक सेवा आयोगले एकै पटक प्राथमिक तहका ७५ जिल्लामा झण्डै दश हजार शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

खुला तथा समावेशी रूपमा ९ हजार ९९६ शिक्षक माग गरेको हो। आयोगले शुक्रबार सूचना प्रकाशित गरी असार ३० गतेसम्म दरखास्त फाराम भर्न सूचित गरेको छ। दोब्बर दस्तुरमा साउन ५ गतेसम्म फाराम भर्न सकिनेछ।

देश संघियतामा गइसकेको अवस्थामा आयोगले ७७ जिल्लामा खोल्नुपर्ने दरखास्तलाई ७५ जिल्लाका लागि खोलेको छ । तर, देखिने गरि नम्बरमा भने ७७ वटै जिल्लाका लागि खोलिएको देखिन्छ ।

दरखास्तमा काठमाडाैं जिल्ला र ललितपुर जिल्लाको बीचमा जिल्लाको कोड नं २९ बाट सिधै ३२ मा जम्प गराएर ७७ पुर्याइएको छ ।

आयोगले प्राथमिक तहको तृतीय श्रेणी सरहका शिक्षक माग गरेको हो।

जसमा खुलातर्फ ५ हजार ४९८ कोटा तोकिएको छ। यस्तै, महिलामा एक हजार ४२१, दलित महिलामा ४९, मुस्लिम महिलामा १७ कोटा निर्धारण गरिएको छ। पहिलोपटक महिलाभित्र पनि उपसमूह बनाइएको छ।

विज्ञापन अनुसार आदिवासी जनजाति कोटामा एक हजार २१५ जना, मधेशीतर्फ ९८६, दलितमा ४०५, अपाङ्गता भएका व्यक्तिका लागि २२५ र पिछडिएका क्षेत्रका लागि १८० कोटा छुट्याएको छ।

प्राथमिक तहका शिक्षकको छनोट जिल्लास्तरमा हुनेछ। लिखित परीक्षा असोज १३ गते शनिबारका लागि तय गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org