ताजा समाचार

करेन्ट लागेर एकको मृत्यु

बाजुरा, १ असार। बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा आज विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उहाँले दिएको जानकारी अनुसार तिपाडा बजारमा आएका बेला साउदले विद्यत्को खम्बामा हात लगाउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रमुखले बताए। मृतक साउदको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org