ताजा समाचार

दमौलीमा क्रियापुत्री भवन निर्माण

दमौली, तनहुँ, ४ असार । महायज्ञबाट संकलन रकमबाट तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माण गरिएको चार कोठे पक्की क्रियापुत्री भवनको उद्घाटन गरिएको छ ।

सो क्रियापुत्री भवनको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उहाँले भवन निर्माण भएपछि क्रियापुत्रीलाई राहत पुग्ने बताए ।

शिव मन्दिर संरक्षण समिति आँबुखैरेनीको मस्र्याङ्दी र दरौदीको दोभानमा रहेको शिव मन्दिर परिसरमा सञ्चालित महायज्ञबाट संकलित रु ३२ लाखबाट किरियापुत्री भवन निर्माण गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org