बिक्न छाड्यो अलैँचीको बिरुवा
मंगलबारे, इलाम, १० असार । इलाममा अलैँचीको (बिजु) बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न छोडेको हो ।
विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री हुने बिरुवा यसवर्ष असार पहिलो हप्ता बितिसक्दासमेत नर्सरीबाट बिरुवा नबिकेको सम्बद्ध किसानहरूको गुनासो छ । जिल्लाको सबैभन्दा बढी बिरुवा उत्पादन हुने रोङ गाउँपालिका–६ जिर्मलेबाट यस वर्ष बिरुवा निकासी नभएको स्थानीयवासी गोविन्द पौडेलले बताए । यहाँ रामसाइ, गोलसाइ, जिर्मले र साउने जातको अलैँचीको बिरुवा पाइन्छ ।
यहाँका विभिन्न अलैँची नर्सरी उद्योग (यावा, बेद, अधिकारी र वाइवा) नर्सरी उद्योगबाट करीब ३२ लाख बिरुवा उखेलेर नष्ट गर्नुपरेको अधिकारी नर्सरी उद्योगका प्रोप्राइटर याम अधिकारीले बताउनुभयो । विगत वर्षहरुमा निकै फस्टाएको अलैँचीको बिरुवाको व्यापार यसपालि घटेको छ ।
कुनै समयमा नेपालकै निर्यात व्यापारको सबैभन्दा बढी हिस्सा ओगटेको अलैँची संक्रमणपछि मासिएको थियो । पुनः किसानले धान र मकैबारी मासेर अलैँची लगाउन थाले पनि भाउ घटेका कारण उनीहरू चिन्तित भएका छन् । कुनैबेला प्रतिमन रु एक लाख ४० हजार मसम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन रू २५ देखि ३० हजार बिक्री भइरहेको छ ।
किसान अलैँची खेतीमा आकर्षित हुँदा बिरुवाको व्यापारसमेत फस्टाएको थियो । हाल किसानको अलैँचीखेतीप्रति मोह घट्दै गएका कारण नर्सरी उद्योग सञ्चालकसमेत चिन्तित भएका छन् ।गत वर्षदेखि नै मेची अञ्चलका जिल्लामा अलैँचीको बिरुवा जान छोडेको थियो । पश्चिम नेपालको दोलखा म्याग्दीलगागतका जिल्लामा निर्यात भएको बिरुवा यस वर्ष सो जिल्लामा समेत नगएको बताइएको छ ।
अलैँची विकास केन्द्र सूर्योदय नगरपालिका फिक्कलका अनुसार यसवर्ष विगत वर्षहरुभन्दा कम बिरुवा बिक्री भएको छ । अलैँचीको दानाबाट उमारिएको विरुवाबाट चार वर्षदेखि मात्र उत्पादन दिने भए पनि झ्याङ फुटाएर रोपिएको बिरुवाबाट भने दुईवर्षदेखि उत्पादन हुने गरेको छ ।
Comments
अरु समाचार
-
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को...
-
अफगानिस्तान विस्फोटमा तीनको मृत्यु, पाँच घाइते
काठमाडौं । अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच...
-
दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु
काठमाडौं । युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ तर बिहीबार राति रुसले प्रहार...
-
तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी
काठमाडौं । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले...
-
अठार वर्षपछि सडक कालोपत्र
काठमाडौं । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको...
-
खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’
काठमाडौं । कर्णालीको खेल पर्यटन प्रवर्द्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । मिड वेस्टर्न...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
करेन्ट लागेर धनुषामा एकको मृत्यु
काठमाडौं । धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली...
-
यातायात कार्यालय धनगढीद्वारा रु. ५१ करोड राजश्व सङ्कलन
काठमाडौं । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु। ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ । यातायात...