लगातार बढेको गर्मीले जनजीवन प्रभावित
धनगढी,११ असार। लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ ।
गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् ।
गर्मी बढ्दै जाँदा कतिपय व्यक्ति गर्मी छल्नकै लागि कैलालीको चिसो मौसम रहने चुरेपहाडको बूढीतोला र खानीडाँडासम्म पुग्न थालेका छन् ।वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने तयारीमा रहेका कृषकले पानीको अभावमा रोपाइँ गर्न सकेका छैनन् । बोरिङको पानी तानेर गरिएको रोपाइँ पानीको अभावमा सुक्न थालेको छ भने खेतबारीमा राखिएको धानको ब्याड सुकेर जान थालेको स्थानीय कृषक हरि चौधरीको गुनासो छ ।
यस क्षेत्रमा मनसुन अझैसम्म सक्रिय हुन सकेको छैन । तीन दिनअघि हावाहुरीसहित हल्का वर्षा भए पनि जमिनमा खसेको वर्षाको पानी तातेर तातो वाष्प बन्दा थप गर्मीको महसुस भएको थियो ।
यस क्षेत्रमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसको आसपास पुगेको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...