ताजा समाचार

राति एक्कासि पहिराेले घर लादा एकै घरका तीन जनाकाे मृत्यु

बागलुङ,१२ असार ।भिषण वर्षाबाट अाएकाे पहिराेले  गएराति घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ ।

राति घरमा  सुतिरहेकाे समयमा एक्कासि खसेकाे पहिराेमा परी  बरेङ गाउँपालिकाका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली र स्थानीयवासी मिलेर  बिहान पहिराेमा पुरिएका तीन जनाकाे शव  बाहिर निकालेकाे छ। घरसँगै गोठ पनि पहिरोले बगाएको  जिल्ला प्रहरी कार्यालय बागलुङकले जनाएकाे छ ।  मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा अन्यत्र  रहेको प्रहरीले बताएकाे छ।

गएराति अाएकाे भिषण वर्षाका कारण बरेङ गाउँपालिकामा कैयाैं खेत बारी क्षतिग्रस्त बनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org