ताजा समाचार

प्रेमीसँग मिलेर श्रीमतीले गरिन् अाफ्नै श्रीमानको हत्या

कैलाली,१२ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका २ की लक्ष्मी बडेलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

कैलाली नगरपालिका–१० गाेदावरी माइती घर भएकी लक्ष्मी बडेलाले प्रेमी दीपक खत्रीसँग मिलेर आफ्नै श्रीमान तेजबहादुर विष्टको हत्या गरेकी हुन् । खत्री कैलाली नगरपालिका -१२ निवासी हुन् ।

दीपक र लक्ष्मीकाे सम्बन्ध विवाह अगावै रहेकाे प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । लक्ष्मी र तेजबहादुरकाे गत महिनाकाे वैशाखमा मागि विवाह भएकाे थियाे । यही असार ८ गते श्रीमती लक्ष्मीसँग ससुराली गएका तेजबहादुर एक्कासि बेपत्ता भएपछि आफन्तले प्रहरीमा उजुरी दिए ।

उजुरी दिए लगत्तै तेजबहादुरकाे खाेजिमा रहेकाे प्रहरीले भासु भिरकाे तल तेजबहादुरलाई मृत अवस्थामा भेटेकाे थियाे । तेजबहादुरकाे मृत्यु बारे अनुसन्धान थालिरहेकाे प्रहरीले घटनामा सँलग्न रहेकाे अाशँकामा दीपक र उनकी प्रेमीका लक्ष्मीलाई पक्राउ गर्याे ।

अाफूहरु एकले अर्कालाई विवाह हुनुभन्दा पहिलादेखिनै पन पराउने गरकाे ,जसरी भएपनि एक अर्काकाे हुने कसम खाएकाे र साेहि अनुसार अाफूहरुले असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु  भिरबाट खसाएर मारेको बयान दिएका छन् । उनीहरुले विष्ट सवार माेटरसाइकल पनि भिरबाट तल खसालिदिएकाे प्रहरीले बताएकाे छ।। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org