ताजा समाचार

के कारणले रिसाए प्रचण्डसँग हितमान ?

 

काठमाडौं,१२ असार । नेकपाका नेता तथा पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका नेता हितमान शाक्यले पार्टी एकतामा असन्तुष्टि जनाउँदै बैठकहरुमा उपस्थित हुन छाडे छन् ।

सोमबार अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदलको पहिलो बैठक बसेको थियो । उक्त बैठकमा कार्यदल सदस्य एवम् तत्कालीन माओवादी विद्यार्थी संगठनको फ्रयाक्सन इन्चार्ज हितमान शाक्य भने अाएनन् ।

बैठकमा कार्यदल सदस्यहरु तत्कालीन एमाले विद्यार्थी फ्रयाक्सन इन्चार्ज रविन्द्र अधिकारी, अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ मात्र उपस्थित थिए ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदल बैठकले विधान मस्यौदा, राजनीतिक शैक्षिक दस्तावेज र संगठनात्मक विवरण निर्माण उपसमिति गठन गरेको छ । हितमानलाई तीन नम्बर प्रदेशको पार्टी एकता कार्यदलमा पनि राखिएको थियो । तर, उनी तीन नम्बर प्रदेश  बस्न नमानेपछि अग्नि सापकोटालाई राखियाे ।

नेकपाको स्थायी समितिमा नपारिएको भन्दै  हितमान ले नेतृत्वसँग असन्तुष्ट जनाएका छन् । आफू सँगैका नेताहरु सबै स्थायी समितिमा परे पनि आफूलाई भने  स्थायी समितिमा नराखिएको भन्दै उनी  प्रचण्डसँग रिसाएक छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org