दुई सय ६५ घरपरिवारलाई राहत वितरण
रसुवा, १२ असार । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत जीविको पार्जनका लागि रकम प्रदान गरेको छ ।
रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङका अनुसार कालिका गाउँपालिकाअन्तर्गत वडा नं २ को ९७ घरपरिवारलाई प्रतिपरिवार रु ४० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
यसैगरी उत्तरगया गाउँपालिका वडा नं ३ ठूलोगाउँमा भूकम्प प्रतिकार्यअन्तर्गत छनोट भएका १७१ घरपरिवारमध्ये पहिलो चरणमा १६८ परिवारलाई प्रति घरपरिवार रु १५ हजारका दरले वितरण गरिएको छ । उनीहरुलाई दोस्रोपटक रु २५ हजार भुक्तानी गरी प्रतिपरिवार रु ४० हजार प्रदान गरिने र छनोट भएका सबैलाई क्रमिकरुपले रकम प्रदान गरिने रेडक्रसले जनाएको छ ।
प्रदान गरिएको रकमबाट भूकम्प प्रभावित परिवारले आफू खुशी बाख्रा, कुखुरापालन वा तरकारीखेतीमा लगानी गरी आयआर्जनबाट आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्ने बताइएको छ । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने पवित्र मूल नारालाई सिरोपर गर्दैै रेडक्रस अगाडि बढिरहेको र भूकम्पकै असरले शारीरिक अपाङ्गता भएकी उत्तरगया गापा–३ ठूलोगाउँ निवासी सपना गुरुङको जीवन निर्वाह सहज बनाउन रु तीन लाखको लागतमा एक अपाङ्गमैत्री शौचालय र शौचालय जाने बाटोसमेत निर्माण गरिएको छ ।
रसुवा जिल्लाको दक्षिण पश्चिम भूभागमा पर्ने ठूलोगाउँ क्षेत्रमा ४५५ घरपरिवारलाई भूकम्पपछिको आवास निर्माण गर्ने जिम्मा पाएको रेडक्रसले हालसम्म ३२० घर निर्माण सम्पन्न गरिसकेको र बाँकी घरको निर्माण कार्य धमाधम अगाडि बढाइरहेको उत्तरगया गापाले जनाएको छ ।
रेडक्रसले गरेका काम गुणस्तरको भएको र खर्चका विवरण पनि समयसापेक्ष पारदर्शी हुँदै आएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।
Comments
अरु समाचार
-
आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै
काठमाडौं । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे...
-
अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता
काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको...
-
सुनको मूल्य तोलामा नौ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग उपाधि जित्दै बनायो कीर्तिमान
काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...
-
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।...