ताजा समाचार

छिमेकीसँगको सम्बन्ध सुधार्न सरकार जहिले पनि तयार : सीमा समस्या समाधान हुने

 

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबारे मंगलबार संसदमा वक्तव्यै दिदै चीन र भारतसँगको सीमा समस्या समाधान हुने बताएका छन् ।

आफ्नो ६ दिने औपचारिक चीन भ्रमणबारे संसदलाई जानकारी गराउदै प्रधानमन्त्री ओलीले छिमेकीसँगको सम्बन्ध सुधार्न आफ्नो नेतृत्वको सरकारले जहिले पनि तयार भएको बताएका छन् ।

क्षणिक सोचले चीन र भारतबीच असमझदारी कायम नगर्ने बरु विकासका लागि छिमेकीलाई साथै लिने र उनीहरुका उन्नती प्रगतिबाट लाभान्वीत हुने प्रधानमन्त्री ओलीले बताए । संसदमा बाल्दै ओलीले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा भएको भन्दै पारसपारिक सहयोगका आधारमा न्यायोचित र अन्तरािष्ट्रय सम्बन्ध चाहेको बताए ।

राजनीतिक अस्थिरता टुङग्याएर सुशासन र विकासमा नेपाल केन्द्रीत भएकाले अब त्यो विकासमा एकल प्रयास मात्र प्रयाप्त नहुने भन्दै प्रधानमन्त्री ओलीले तीव्र विकसको बाटोमा अगाडि बढाउन बलिया छिमेकीको सहयोग लिएर अघि बढ्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org