ताजा समाचार

खोलाकाे किनारमा फेला पर्याे एक निर्वस्त्र पुरुषकाे शव 

 

काठमाडौं, १३ असार। काठमाडौंकाे बौद्ध स्थित माकलबारीको खोलाकाे किनारमा आज बिहान एक निर्वस्त्र पुरुषको शव फेला परेको छ ।

पहिचान खुल्न नसकेको अन्दाजी ३०,३५ वर्ष उमेरको पुरुषको शव खोलाको किनारमा फेला परेको हो । मृतक पुरुषको शरिरमा कपडा नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको प्रहरीले बताएको छ ।

खोलाको किनारमा निर्वस्त्र अवस्थामा एक पुरुषको शव देखेपछि त्यहाँका स्थानीयबासीले बौद्ध प्रहरीमा खबर गरेका थिए। खबर पाएसँगै प्रहरीले घटनाबारे अनुसन्धान थालेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org