दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि सिंगो गाउँ शोकमा
फलेवास, पर्वत, १३ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ ।
मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा गएका छन् । भने भाउजु छोरीका साथ सदरमुकाम कुश्मा बस्दै अाएकी छिन् । कटुवाचौपारीको घरमा कमल र ५५ वर्षीया विधवा आमामात्रै रहँदै अाएकी थिइन्।
मंगलबार आँबुखैरेनीबाट डुम्रेका लागि छुटेको ग १ ख ३०७३ नम्बरको बसले बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चारजनाको मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये दुईजना पर्वतको कुश्मा नगरपालिका–९, कटुवाचौपारीका २५ वर्षीय कमल लामिछाने र उनकी तीन वर्षीया छोरी ममता लामिछानेको उपचारको क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी कमलकी श्रीमती २० वर्षीया पार्वतीको पनि गण्डकी मेडिकल कलेजमा नै उपचार भइरहेको छ । दुर्घटनाका अन्य घाइतेमा चितवन भरतपुर–६ की २० वर्षीया सरु पाठक, पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका २४ वर्षीय गुरुदत्त तिवारी, वडा नं २ खुरकोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षीय आनन्द तिवारी छन् । उनीहरु पनि मृतकका आफन्त नै हुन् ।
कुश्माबाट काठमाडौँ जाने क्रममा मृतक लामिछाने र आफन्त एउटा निजी प्रकाशन गृहको भ्यानमा त्यसतर्फ जाँदै थिए । काठमाडौँको निजी पब्लिकेशनमा काम गर्दै आएका मृतक लामिछानेकी श्रीमती पार्वती र छोरी भने मनकामना मन्दिरमा पूजा गर्न हिँडेको आफन्तले बताएका छन् ।
यसैगरी, दुर्घटनामा मृत्यु हुने अन्य दुईजना तनहुँकै आँबुखैरेनी–४ का २६ वर्षीय डिलबहादुर थापा र २८ वर्षीय नुनबहादुर खवास रहेका छन् ।
Comments
अरु समाचार
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै
काठमाडौं । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे...
-
अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता
काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको...
-
सुनको मूल्य तोलामा नौ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
-
इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
सुन लुटपाट गर्ने दुई पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ...
-
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग उपाधि जित्दै बनायो कीर्तिमान
काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम...
-
दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा
काठमाडौं । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका...