भूकम्पमा फरार कैदी सम्पर्कमा आउन थाले
चौतारा, १३ असार । गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीबन्दी धमाधम सम्पर्कमा आउन थालेका छन् ।
लामो समयसम्म सम्पर्कमा नआएपछि कैद भुक्तान हुन थोरै समय बाँकी रहेकलाई पनि ५० प्रतिशत थप सजाय गर्ने जिल्ला अदालत सिन्धुपाल्चोकले हालै निर्णय गरेपछि फरार कैदी बाध्य भएर सम्पर्कमा आउन थालेका हुन् ।
यसै साता पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका विशाल तामाङ सम्पर्कमा आएका छन् । बीस वर्ष कैद तोकिएका तामाङले थप ५० प्रतिशतले अब ३० वर्ष जेल भुक्तान गर्नु पर्नेछ । त्यस्तै सोही गाउँका कर्तव्य ज्यान मुद्दामा सजाय पाएका ६२ वर्षीय मार लामाले पनि सम्पर्कमा आएपछि थपसमेत गरी अझै १३ वर्ष जेल सजाय भोग्नुपर्नेछ । यसअघि उनले १७ वर्ष दुई महिना सजाय काटिसकेका छन् ।
भूकम्प आएलगत्तै कारागारबाट भागेका २१६ जनामध्ये १२० जना सम्पर्कमा आइसकेका छन् । बाँकी ९६ जनामध्ये नौ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिक भएको कारागार शाखाका निमित्त प्रमुख नवराज सेनले जानकारी दिए ।
भूकम्पले भवन भत्केपछि स्थान अभावले विगत तीन वर्षदेखि त्यहाँबाट कैदी तथा थुनुवालाई अन्यत्र पठाउने गरिएको थियो । हाल महिलाबन्दी गृह ममर्त गरी सञ्चालनमा ल्याएपछि त्यहाँ ७५ कैदीबन्दीलाई राखिएको छ ।
बजेटको व्यवस्था भएमा आगामी छ महिनाभित्रमा पुरुषबन्दी गृहलाई ममर्त गर्न सक्ने कारागार शाखाले जनाएको छ । सो गृहको ममर्तका लागि रु ४२ लाख बजेट लाग्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।
सो भवन मर्मत भएपछि महिला सय जना गरी कुल २४० जना बन्दी राख्न सकिनेछ । महिला र पुरुष कैदीबन्दीका लागि छुट्टाछुट्टै व्यवस्था हुने गरी निर्माणाधीन भवन ठेकदारले तेस्रो किस्ता लिन बाँकी हुँदै भत्केको थियो ।
Comments
अरु समाचार
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...