ताजा समाचार

फेरि दियो धक्का, धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भुकम्प

काठमाडौं १४, असार । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ ।

बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भुकम्पका कारण धादिङ आसपासका जिल्ला लगायत काठमाडाैंमा धक्का महसुस गरिएको थियो ।

भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो । भूकम्पको क्षतिको विवरण भने आएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org