ताजा समाचार

रङको गोदाम र मुर्ति कारखानामा आगलागी, झण्डै २५ लाखको क्षति

काठमाडौं १४, असार । ललितपुर सातदोवाटोमा रहेको एक रङ पसलको गोदाममा आगलागी भएको छ ।

दिउँसो साढे ११ बजेतिर सातदोवाटोस्थित दिनेश पण्डितको जग्गामा रहेको टहरामा रहेको रमेश व्यञ्जनकारको रङको गोदाममा आगलागी भएको हो ।

टहराभित्र रहेको नसीब अन्सारीको मुर्ति कारखाना पनि जलेको महानगरीय प्रहरी वृत्त सातदोवाटोका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए ।

आगलागीबाट टहरा, रङ गोदाम र मुर्ति पसलका गरी २५ लाख रुपैयाँ क्षति भएको प्रहरीको अनुमान छ । प्रहरी र ललितपुर महानगरपालिकाको दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org