ताजा समाचार

सामुदायिक लघुवित्त वित्तिय संस्थामा २ करोड घोटाला गरेकाे अाराेपमा  ४ जना पक्राउ

काठमाडौैं,१५ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सामुदायिक लघुवित्त वित्तिय संस्था, साँगा, काभ्रेमा भएको साढे २ करोड रुपैयाँ घोटालामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सञ्चालक समिति अध्यक्ष पाल्पाको तानसेन–४ घर भइ हाल टोखा–९, गोंगबु बस्दै आउका ५७ वर्षीय हिरा विश्वकर्मा, सदस्य काठमाडौं–२२, खिचापोखरीका ६५ वर्षीय चण्डेश्वरी प्रधान, ललितपुरको गोदावारी–१२ का ५१ वर्षीय बटुकृष्ण कार्की र तत्कालिन सीईओ ललितपुर–१४, खुमलटारका ६५ वर्षीय स्वयम्भुारम जोशी छन् ।

प्रहरीका अनुसार तत्कालिन सीईओ जोशीको संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति विना मिलेमतोमा ‘गुडविल’ को रुपमा भन्दै २ करोड ५० लाख रुपैयाँ रकम प्रवाह गरिएको थियो ।

त्यस्तै, उनले राष्ट्र बैंकको नीति तथा निर्देशन विपरित तलब भत्ता लगायको विभिन्न शीर्षकमा आफू खुशी ७ लाख ४४ हजार रुपैयाँभन्दा बढी भुक्तानी लिएको अनुसन्धानबाट खुलेको छ ।
निर्धारित हदभन्दा बढी संस्थाको शेयर धारण गरेको व्यक्ति जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलेमतोमा सञ्चालक समितिले कार्यकारी पदमा नियुक्त गरेर अनिमितताको श्रृंखला सुरु गरेको भेटिएको छ, ब्यूरोका प्रवक्ता एसपी कृष्णहरि शर्माले भने, ‘संस्थाले आर्थिक कारोबार गर्दा अपरादर्शी ढंगले कारोबार गर्ने गरेको पनि भेटिएको छ ।’

पक्राउ परेकाहरुमाथि उच्च अदालत, पाटनबाट ७ दिनको म्याद थप गरेर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org