धवलागिरिमा “एक घर, एक ओखर” कार्यक्रम
बाबियाचौर, म्याग्दी, १५ असार । म्याग्दीको धवलागिरि गाउँपालिकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट रु दश लाख बजेट विनियोजन गरिएको छ ।
विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रमले स्थानीयवासीको आयआर्जन, वातावरण संरक्षण र वन विकासमा समेत सहयोग पुग्ने गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए ।
अघिकांश उच्च पहाडी भागमा अवस्थित गाउँपालिकामा बालबालिकाको वौद्धिक क्षमताको विकासमा उपयोगी मानिएको ओखरखेती प्रवद्र्धन गरी शैक्षिक र आयआर्जनमा सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । अध्यक्ष पुनका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालिकाका सबै घर र विद्यार्थीलाई एउटा दाँते ओखरको बिरुवा वितरण गरिने भएको छ ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उक्त गाउँपालिकाले सडक विस्तार तथा स्तरोन्नति र केन्द्रीय प्रशारण लाइन विस्तारमा प्राथमिकता दिएर आगामी आर्थिक वर्षका लागि रु ३२ करोड २६ लाख ६९ हजार ८२५ बजेट विनियोजन गरेको छ ।
निर्माणाधिन मुनामुदी सडकलाई रु ८० लाख, ताकम विद्युतीकरणका लागि रु ९० लाख, लुलाङ दरखोला दोस्रो लघुजलविद्युत् परियोजनालाई रु ५० लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
विद्यार्थी भर्ना दर उच्च राख्न तथा विद्यालय छाड्ने दर न्यून राख्न ५ नं वडा मल्कवाङ र ताकममा विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । अन्य पाँचवटा वडामा गुँड नेवर्स इन्टरनेशनलले म्याग्दी सामुदायिक विकास परियोजनामार्फत यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गरेको छ ।
शून्य दरबन्दीमा सञ्चालित समस्याग्रस्त सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि रु १८ लाख ५० विनियोजन गरेको गाउँपालिकाले नमूना विद्यालय कार्यक्रमका लागि रु १५ लाख छुट्ट्याएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए।
गाउँपालिकाबाट एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक छात्र र एक छात्रालाई जनही रु पाँच हजारसहितको ‘अध्यक्ष–उपाध्यक्ष छात्रवृत्ति’ प्रदान गरिने भएको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...