ताजा समाचार

कान्तिपुर दैनिकका बरिष्ठ उपसम्पादक यादव थपलियाको निधन

काठमाडाैं १५, असार । पत्रकार तथा कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको निधन भएको छ ।

बुधबार राति काठमाडौं मेडिकल कलेज (केएकसी) सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार अपराह्न करिब पौने तीन बजे निधन भएको हो ।

सामान्य ज्वरोका कारण घरमै आराम गरिरहेका थपलियालाई च्यापेपछि बुधबार राति केएमसीमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई भाइरल इन्फ्लुएन्जा भएको थियो ।

आज बिहान उनलाई चलाइएका कुनै पनि आैषधिले काम नगरेपछि उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

काभ्रे स्थायी घर भएका थपलियाका श्रीमती र २ छोरी छन्। उनको आजै बेलुकी आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org