ताजा समाचार

तपाईंको वरपर कस्तो छ ? कतै बाढी त अाउँदै छैन ? यसरी थाहा पाउनुहोस्…

काठमाडाैं १८, असार । अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रमा बाढीको त्रास फैलिएको छ भने पहाडमा पहिरोको ।

अहिले बाढी पहिरोको उच्च जोखिम रहेको भन्दै सरकारल सतर्क रहन आग्रह समेत गरेको छ ।यदि तपाईको घरछेउमा खोलानाला छ या तराईको डुबान संभावित क्षेेत्रमा हुनुन्छ भने यसरी थाहा पाउनुहोस् ।

१) ११५५ टोल फ्री नम्बरमा असार, साउन, भाद्र र असोज महिनाभरी फोन गर्नुहोस् र सोध्नुहोस् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन

२) तपाईं बाढी वा पहिरोको जोखिमयुक्त स्थानमा वा नजिकै हुनुहुन्छ भने मोवाइलमा ११५५ नम्बरबाट ‘सतर्करहनुहोस्’ भन्ने अभिप्रायको एसएमएस पनि आउन सक्छ । यसरी प्राप्त सूचना वरपरका सबैलाई जानकारी पनि गराउनुहोला ।

३) तपाईं मोवाइल, ल्यापटप वा कम्प्यूटरमा इन्टरनेट सेवा प्रयोग गर्ने गर्नुहुन्छ भने www.hydrology.gov.np भित्र गएर हेर्नुहोस् । त्यहाँ आगामी २४ घण्टासम्मको बाढी भविष्यवाणी अपडेट भइराखेको हुन्छ छ । कुन नदीमा कती बहाब छ, कहाँ कती पानी परिराखेको छ भन्ने जान्न River Watch र Rainfall Watch हेर्नुस् ।

४) बाढी सूर्व सूचना वा धेरै वर्षा भएको स्थानमा पहिरोका जोखिमको पूर्वसूचना पाउन नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा फोनसमेत गर्न सक्नुहुन्छ ।

५) वर्षातको समयमा निरन्तर समाचार सुन्ने बानी पनि बसाल्नुसोस् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org