ताजा समाचार

अविरल वर्षाले वीरगञ्ज ढुवान : वर्षाको पानी निकास हुन सकेन

वीरगञ्ज १८ असार । केही दिन देखि आएको अविरल वर्षाका कारण वीरगञ्जका विभिन्न स्थान डुबानमा परेका छन् ।

वर्षाका कारण वीरगञ्जको श्रीपुर,पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् । अविरल पर्षका कारण वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र, श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा, नारायणी अस्पताल लगायतका आसपासका क्षेत्रहरु डुबानमा परेका हुन् ।

अविरल परेको भिषण वर्षाका कारण घर तथा पसलहरुमा समेत पानी पसेको छ । वर्षाको पानी नालाबाट राम्रोसँग निकास हुन नपाएपछि स्कुल जाने साना बालबालिकालाई आवतजावतमा  समस्या परेको छ ।  यसरी वर्षैपिछे पानी पर्ने समस्या भएपनि महानगरपालिकाले ढुवानको समस्या अहिलेसम्म समाधान गर्न नसकेको स्थानीयबासीको गुनासो छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org