विद्यालय तहमा पहिलोपटक कानूनको पढाइ शुरु
भक्तपुर, १८ असार । भक्तपुरमा पहिलोपटक माध्यमिक विद्यालय तहमा कानून विषयको पढाइ शुरु भएको छ ।
निष्ट फाउण्डेसनअन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले सर्वोच्च अदालतका पूर्व रजिष्टार डा रामकृष्ण तिमल्सिनाको नेतृत्वमा कक्षा ११ मा कानून विषयको अध्ययन शुरु गरेको हो ।
आज भक्तपुर निष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै निष्टका संस्थापक एवं भक्तपुर प्याब्सनका वरिष्ठ उपाध्यक्ष चन्द्र अधिकारीले कानून विषयमा अवसर धेरै भएपछि विद्यार्थीको आकर्षण यसतर्फ निकै बढेको बताए ।
देशमा कानून विषयका जनशक्तिको अभाव बढ्दै गएपछि यसलाई पूर्ति गर्ने उद्देश्यका साथ निष्टले कक्षा ११ र १२ मा कानून विषयको अध्ययनको शुरुवात गरेको उनको भनाइ छ ।
अहिले अदालत, कानून मन्त्रालयमा मात्रै नभई, संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय, प्रदेश र स्थानीय सरकारमा समेत कानूनका जनशक्ति पर्याप्त मात्रामा आवश्यकता पर्ने भएपछि विद्यार्थीको आकर्षण यसतर्फ बढेको हो ।
सरकारले गतवर्षदेखि विद्यालय तहमा कानून विषय पढाउन अनुमति दिएपछि भक्तपुर निष्टले यसवर्षदेखि कानून विषय पढाउन शुरु गरेको हो । न्यायालयमा भएको समस्यालाई समाधान गर्न न्यायपालिका र कानून मन्त्रालयमा मध्यमस्तरको जनशक्ति कानून पढेकै आवश्यक पर्ने भएकाले न्याय समन्वय समिति, कानून मन्त्रालयको सिफारिसमा विद्यालय तहमा कानून पढाउन थालिएको हो ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कानूनको पाठ्यक्रमअनुसार कक्षा ११ र १२ गरी दुई वर्षमा एक हजार पूर्णाङ्कको पाठ्यक्रममध्ये कानून संकायमा ७०० पूर्णाङ्कको पाठ्यक्रम पढ्नु पर्नेछ । कक्षा ११ मा अनिवार्य नेपाली र अंग्रेजीबाहेक ३०० पूर्णाङ्क र कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक ४०० पूर्णाङ्क कानूनको विषय अध्ययन गर्नुपर्ने हुन्छ ।
कानूनको मस्यौदा प्रक्रिया, कार्यविधि कानून, देवानी र फौजदारी कानून, मानवअधिकारको अध्ययन हुनेछ । यो तहमा कानूनको अध्ययनले विद्यार्थीलाई आधारभूत तहदेखि नै विधिशास्त्र, संवैधानिक कानून, मानवअधिकारलगायतका विषयमा ज्ञान प्राप्त हुन्छ भने कानूनमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीका लागि कक्षा ११ र १२ को कानून संकायको पढाइ बलियो जगका रुपमा स्थापित हुने विश्वास लिएको छ ।
सरकारले केही वर्षअघि प्रमाणपत्र तहमा कानून संकाय हटाएपछि कानून पढ्न चाहने विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न चाहेमा स्नातक तह उत्तीर्ण गरेपछि फेरि कानूनमा स्नातक तहमै भर्ना हुनुपर्ने नियमले विद्यार्थीलाई दोहो¥याएर स्नातक तह पढ्नुपर्ने बाध्यता रहेको छ ।
कक्षा ११ र १२ मा कानून अध्ययन गरेका विद्यार्थीले सिधै स्नातक तहमा कानून संकायमा अध्ययन गर्न पाउनेछन् भने अन्य संकायमा पनि सिधै अध्ययन गर्न पाउँछन् । कानून संकाय अध्ययन गरेका विद्यार्थीले न्यायालयमा सर्वसाधारणको सिधै सम्पर्क हुने मध्यमस्तरको जनशक्ति खरदार, नायब सुब्बामा अवसर पाउनेछन् ।
अदालतमा म्याद तामेली गर्ने, आदेशको कार्यान्वयन गर्ने, मिसिल झिकाउनेलगायतका काममा खरदार र नायब सुब्बा नै प्रत्यक्ष सहभागी हुन्छन् । यसमा न्यायालय र कानून मन्त्रालयमा रोजगारीको अवसर पाउँछन् । कानून अध्ययन गरेको विद्यार्थीले स्वदेशमा मात्रै नभई विदेशमा समेत पर्याप्त मात्रामा अवसर रहेकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको हो ।
Comments
अरु समाचार
-
सुर्खेत बस दुर्घटनाः दुईजनाको मृत्यु, २१ घाइते
काठमाडौं । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।...
-
सुर्खेत बस दुर्घटना स् दुईजनाको मृत्यु, २१ घाइते
काठमाडौं । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।...
-
भारतमा लोक सभाका लागि गरिएको पाँचौ चरणको मतदान हुँदै, मध्यान्नसम्म ३६.७३ प्रतिशत मतदान
काठमाडौं । भारतमा लोक सभाका लागि सोमबार गरिएको पाँचौ चरणको मतदानमा औसत ३६.७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ...
-
दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, कम्तीमा २ जनाको मृत्यु
काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ ।सोमबार दिउँसो कर्णाली प्रदेश...
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । सभाको आजको बैठकमा...
-
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
काठमाडौं । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने...
-
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी...
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार...
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...