ताजा समाचार

सुनसरीमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ६ जनाको मृत्यु ४ घाइते

सुनसरी १९, असार । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट सुनसरीतर्फ आउँदै गरेको भरातीय बी आर ०६ पी बी ६४१८ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका हवल्दार क्रन्दन साहका अनुसार  दुर्घटनामा मृत्यु हुनेहरुमा भारत मधुवनीका ४० बर्षीय संजीव कुमार पौदार, सोही स्थानका ५ बर्षीय बालक गोनुकुमार राय र ३० बर्षीया कञ्चनकुमारी राय छन् । त्यस्तै भारत सुपौल जिल्लका सुरेन्द्र कुमार सुमन, विरेन्द्र कुमार राय र लक्ष्मीदेवी राय रहेका छन् ।

स्कारपिओ जिप अनियन्त्रित भएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

घाइते ४ जनाको सुनसरीको सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ । भने घाइते २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org