मुस्ताङ ट्रिपर दुर्घटनामा आमाबाबुको मृत्यु, १२ वर्षीय बालक किरिया गर्दै
पोखरा २६, असार । झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।”
मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश यतिखेर किरियामा छन् ।
नाबालक छवर्षीय भाइ विशेषन कपाल मुण्डन गरी सेता कपडामा बेरिएर किरियामा बसेका दाजुलाई टुलुटुलु हेरिरहन्छन्, उनको मनमा पनि कताकता नरमाइलो अनुभूति हुने गरेको छ । विशेषनका आफन्त एवं वरपर बस्ने छिमेकी जो कोहीलाई ती बालक देख्दा मनमा चसक्क बिझ्छ ।
विवश र उनका भाइलाई उनका बाबुआमा मौसम र जीतमाया पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी लगभग तीन महिनाअघि रोजगारीका सिलसिलामा मुस्ताङ गएका थिए ।
उनीहरू शुक्रबार लगभग अपराह्न १ः३० बजे भएको अकल्पनीय दुर्घटनाको शिकार बन्न पुगे । बाबुआमा गुमाएका विवशले १३ दिनसम्म किरिया गर्नुपर्ने संस्कार भए पनि आफन्तले तीन दिनमा नै सक्ने गरी व्यवस्था गरेको उनकी फुपूदिदी डिलकुमारी घर्तीले बताए ।
“बिचरा साना छन्, १३ दिनसम्म किरियामा राख्दा आफैँ बिरामी बन्छन् कि भन्ने चिन्ता, आफ्नो घर हैन भाडाको कोठा हो” उहाँले भन्नुभयो, “नाबालक भएका कारण पनि १३ दिन गर्नुपर्ने संस्कार तीन दिनमा नै सक्ने गरी व्यवस्था मिलाएका छौँ ।”
मौसम दम्पतीको काजकिरियाको व्यवस्था शनिबार रोल्पा पोखरा सम्पर्क समाजले नै मिलाएको थियो । बिरुवा कन्स्ट्रक्सन प्रालिबाट किरिया खर्च रु ५० हजार प्राप्त भएको समाजका सल्लाहकार एवं विवशका हजुरबुबा पूर्ण बुढाले जानकारी दिए ।
वैशाखअघि सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जीविकोपार्जन गर्दै आएका मगर दम्पतीको सोही घाटमा नै शनिबार अन्त्येष्टि गरिएको थियो । वर्षात् शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा उनीहरू वैशाखमा बिरुवा कन्ट्रक्सन प्रालिको जोमसोम लोमान्थाङ सडक निर्माण आयोजनामा मजदूरका रुपमा मुस्ताङ पुगेका थिए ।
दुवैको मृत्युले ती शिशुको भविष्य अब के होला भन्ने कुराले आफूहरूलाई निकै चिन्तित बनाएको घरबेटी वीरबहादुर गोदारले बताए । “१२ वर्षकै उमेरमा बाबुआमाको किरिया गर्नुपर्ने कस्तो विवशता देख्नुप¥यो,” उनले भने, “अर्को बाबु त झन् छ वर्षको छ, बिचरालाई केही थाहा छैन ।” नयाँ बजारस्थित मैत्री चिल्डे«ेन एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा एकमा पढ्ने विशेषन खाना पकाएर खाई दिउँसो स्कूल जाने गरेका थिए ।
उनीहरूका आमाबुबासहित मामा, मामाकी छोरी, काकीलगायत आठ आफन्तको सो घटनामा मृत्यु भएको थियो । नाबालकका रोल्पास्थित गाउँमा ९२ वर्षीय हजुरआमा तिरमाला घर्तीबाहेक कोही छैन ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...