दिवंगत स्रष्टाको शव एकेडेमीमा राख्ने कि नराख्ने
काठमाडौं ३०, असार । साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस शुरु भएको छ ।
निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्रद्धाञ्जलि दिने परम्परा रहेकामा प्रतिष्ठानमा क्रियाशील तीन वटै कर्मचारी संघसंगठनले यसको विरोध गरेपछि बहस उत्पन्न भएको हो । साहित्यिक वातावरणको संस्थालाई ‘मूर्दाघर’ बनाउन नहुने भनी लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघका अध्यक्ष अशोककुमार चौरसिया, प्रज्ञा प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारी र प्रतिष्ठान, नेपाल राष्ट्रिय कर्मचारी संगठनका धनबहादुर कार्कीले संयुक्त रुपमा यही असार १६ गते कुलपति गंगाप्रसाद उप्रेतीसमक्ष ध्यानाकर्षण गराएका थिए ।
स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको २०४७ मङ्सिर १९ मा निधनपछि सो परिसरमा श्रद्धाञ्जलिका लागि शव ल्याउने प्रचलन शुरु भएको हो । राजधानीको केन्द्रमा रहेको र पर्याप्त पार्किङस्थल भएको प्रज्ञा–प्रतिष्ठानमा दिवंगत स्रष्टालाई राज्यका उच्च तहका व्यक्ति र साहित्यकार–शुभेच्छुकले श्रद्धाञ्जलि दिने र त्यसपछि अन्त्येष्टिका लागि शवयात्रा आरम्भ हुँदै आएको छ तर सो स्थानमा कुन तहका साहित्यकार वा कलाकारको शव राख्ने भन्ने मापदण्ड नतोकिँदा यो कार्य व्यवस्थित बन्न सकेको छैन । कतिपय साहित्यकार र तिनका परिवारले बितेपछि त्यसरी शव राखिनुलाई सस्तो प्रचार ठानेर त्यो कार्य उचित नभएको बताउने गरेका छन् भने कतिपयले आफू जीवित छँदा राज्य र राज्यका प्राज्ञिक निकायले सम्मान नगरेकाले बितेपछि त्यहाँ नलान आग्रह गरिरहेका हुन्छन् ।
प्रतिष्ठानका तत्कालीन उपकुलपति केदारमान व्यथितले एक स्रष्टालाई परिसरमा श्रद्धाञ्जलि दिँदै गर्दा आफ्नो ‘चित्त दुखेर’ आफू बितेपछि आफ्नो शव त्यहाँ नल्याउन आग्रह गरेका थिए । प्रतिष्ठानकै पूर्वउपकुलपति मोहन कोइराला, साहित्यकार पारिजातको पूर्वघोषणाबमोजिम उनीहरुको शव पनि प्रतिष्ठानमा राखिएको थिएन । तत्कालीन उपकुलपति मदनमणि दीक्षितले एक कलाकारको निधनपछि त्यहाँ ल्याउन खोजिएको शव रोकाउन खोज्दा त्यस क्षेत्रबाट आपत्ति आएपछि शव ल्याउन खुला गरिएको थियो ।
प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष राजभण्डारीले ‘साहित्यिक र सांस्कृतिक वातावरणले आनन्द दिने स्थानलाई मूर्दाघरमा परिणत गर्ने स्थितिको अन्त्य गर्न’ आफूहरुले माग गरेको बताए । “प्रतिष्ठानका हलमा विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका हुन्छन्, मान्छेहरु भोज खाइरहेका हुन सक्छन्, त्यस्तो बेलामा पार्थिव शरीर ल्याउँदा वातावरण वियोगान्त बन्न पुग्छ । त्यसैले अब यो क्रम रोकिनुपर्छ ।” ज्ञापनपत्र बुझेपछि कूलपति उप्रेतीले यसबारे प्राज्ञ परिषद्को कार्यसूचीमा राखेर निर्णय गर्ने आश्वासन दिएका थिए ।
प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कर्मचारी संगठनले दिएको ध्यानाकर्षणपत्रलाई परिषद्मा राख्न बाँकी रहेको बताउँदै शव ल्याउन रोक लगाउने वा निश्चित मापदण्ड बनाउने भन्नेबारेमा छलफल हुने जानकारी दिए । उनले पुनःनिर्माणको कामसमेत चलिरहेकाले शव बाहिर निकाल्ने पूर्वतिरको ढोकामा निर्माण सामग्री रहेकाले तत्कालका लागि शव ल्याउन र पठाउन गाह्रो हुने प्रतिक्रिया दिए ।
प्रतिष्ठानका पूर्वसदस्य सचिव डा तुल्सीप्रसाद भट्टराईले भने स्रष्टाहरु बितेपछि सम्मानका लागि प्रतिष्ठानको डबलीमा शव राख्ने परम्परा कायम हुनु उचित भएको बताए । नेपाल सरकारसँग पनि परामर्श गरी विकल्प खोजेर प्रतिष्ठानले निर्णय गर्ने बताइएको छ । वर्तमान प्राज्ञ परिषद्को कार्यकाल आगामी भदौ २३ मा सकिँदैछ ।
Comments
अरु समाचार
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...
-
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
काठमाडौं । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा...
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...