ताजा समाचार

चन्द्रागिरीमा आेलीको कविता ‘मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ’

काठमाडौं ३१, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर कविता लेखेका छन् ।

गज्जबका चुड्किला र उखान टुक्कासहित गहकिलो भाषण गर्न माहिर आेलीले १० हरफको कवितामा ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने कामना गरेका छन् ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कवि कलाकारहरुसँगै केवलकार चढेर चन्द्रागिरि उक्लिएका प्रधानमन्त्री ओलीले कविता रचेका हुन् ।

शीर्षकविनााको कवितामा प्रधानमन्त्री ओलीले मरेपनि सपनामा देख्न पाँउ भन्दै कविता लेखेका छन् ।

प्रधानमन्त्री ओलीले चन्द्रागिरि पुगेर लेखेको कविता यस्तो छ :

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आलि
सपनामा भएपनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्नती मुस्कुराएको देख्न पाउँ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org