जोखिममा परेका परिवारलाई एकीकृत आवास
फलेवास, पर्वत, १ साउन । भूकम्पका कारण जोखिममा परेको यहाँको एउटा बस्तीलाई एकिकृत आवास निर्माण गरी स्थानान्तरण गरिने भएको छ ।
जोखिममा रहेको फलेवास नगरपालिका–८ ठानामौलास्थित अर्चलेको दलित बस्तीका लागि नजिकै एकीकृत बस्ती निर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा अर्चलेका १२ घरपरिवारलाई नजिकै छतिवन टारीमा एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने तयारी भएको हो ।
पहिरोको उच्च जोखिममा रहेको बस्तीका १७ घर भूकम्पमा पूर्ण क्षति भएका थिए भने अन्य तीन घरसमेत जोखिममा रहेका कारण बस्ती स्थानान्तरण गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
भूगर्भविद्ले अर्चलेको उक्त दलित बस्ती उच्च जोखिममा भएकाले स्थानान्तरण गर्न सुझाव दिएका थिए । छतिवनको टारीमा एकीकृत आवास निर्माणका लागि २७ रोपनी जमिन सामूहिक रुपमा खरिद गरिएको छ ।
बिहादीको बजेट २५ करोड
बिहादी गाँउपालिकाको चौथो गाउँसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड १० लाख तीन हजारको बजेट पारित गरेको छ ।
गाउँसभाले पारित गरेको बजेटमा पूँजीगततर्फ रु नौ करोड ४७ लाख तीन हजार र चालुतर्फ रु १५ करोड ६३ लाख रहेको छ ।
गाउँपालिकाका उपाध्यक्ष डम्मरकुमारी गुरुङका अनुसार सःसर्त अनुदानतर्फ रु १२ करोड ६३ लाख, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु ६ करोड र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु एक करोड १२ लाख ४७ हजार प्राप्त हुने बताए । बिहादी गाउँपालिकाले आन्तरिक राजश्व रु २० लाख उठाउने लक्ष्य लिएको छ ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...