अबिरल बर्षाका कारण घर पुरिएर, १ जनाको मृत्यु, ३ जना गम्भीर
पर्बत २, साउन । पर्बतको जलजला गाउँपालिमा अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते भएका छन्।
जिल्लाको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारकाे मृत्यु भएकाे हाे । पर्वतका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गुरुदत्त ढकालले १ तल्ले कच्ची घरमा पुरिएर उनको मृत्यु भएको जानकारी दिए ।
प्रजिअ ढकालका अनुसार, हराएका ५ जना भने सम्पर्कमा अाएका छन् ।
पहिरोले उक्त गाउँका १६ घर जोखिममा परेका छन् । प्रजिअ ढकालले ती घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेर व्यवस्थापन गर्ने काम भइरहेकाे बताए ।
उता, जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलार्इ उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।
घटनाको खबर पाएलगत्तै प्रहरी चौकी मिलनचोकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
Comments
अरु समाचार
-
स्याङ्जामा एक अर्ब १२ करोडको सुन्तला बिक्री
काठमाडौं । यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका...
-
निजी कलेजका सञ्चालक नै विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा
कास्की । पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि निजी कलेजका एकजना सञ्चालकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएको खुलासा भएको...
-
राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन
काठमाडौं । सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन...
-
पोखरामा पुष्प प्रदर्शनी मेला सुरु
काठमाडौं । फुलै फुलको चार्ड तिहार पर्वको अवसरमा पोखरामा आठौँ संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला...
-
कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव
काठमाडौं । नवलपुरको गैडाकोटमा ‘आर्थिक विकासको मूल आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ कृषि र पर्यटन प्रवर्द्धन गर्न...
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
काठमाडौं । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ...
-
सयपत्री फूलखेतीमा तनहुँका किसान आकर्षित
दमौली (तनहुँ): किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न...
-
रवि लामिछाने पक्राउ गरेको विरोधमा पोखरा प्रदर्शन
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका...