ताजा समाचार

जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै, अब एसईईंंमा प्रश्नपत्र बैंक बनाइने

काठमाडौं ३,साउन।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ ।

बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, विश्वविद्यालयका विषय विज्ञहरुले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् ।

सन् २०२० देखि एसईईमा प्रश्नपत्र बैंकबाट सोध्ने गरी तयारी अघि बढेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org