खोटो संकलनबाट लाखाै आम्दानि
बागलुङ ४, साउन । बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वनका उपभोक्ता समूहरूले लाखौँ आम्दानी गर्दै आएका छन् ।
वर्षेनी खोटो संकलन र निर्यात गर्दै आएका बुर्तिबाङको टाकुरा, सल्लेरीपानी, सल्लेरी र माडे सावउसका वन उपभोक्ता समूहले गत आवमा संकलित छ हजार १७५ केजी खोटोबाट रु सात लाख ६७ हजार ९३४ आम्दानी गरेका हुन् ।
खोटोबाट रु ९९ हजार ८३४ राजश्व र स्थानीय कर रु ३२ हजार ८३५ संकलन भएको छ । जिल्ला बाहिरका कम्पनीबाट माग आउन थालेपछि उपभोक्ता समूह खोटो संकलनतर्फ आकर्षित भएका हुन् । सल्लो प्रजातिका रुखबाट निकालिने खोटो अलकत्रा, तारपिन तेल, ग्रिज र रंग बनाउन प्रयोग हुन्छ । जिल्ला वन कार्यालयका अनुसार कपिलवस्तु रोजिन उद्योग र रुपन्देहीको माउण्ट रोजिन एण्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिले यहाँ संकलित खोटो खरिद गर्ने गरेका छन् ।
उपभोक्तालाई खोटो संकलनका लागि आवश्यक पर्ने सीप र प्रविधि उद्योगले नै प्रदान गर्छन् । पच्चीस वटा रुखबाट १० केजीजति खोटो निकाल्न सकिने जिल्ला वन कार्यालयका सहायक जिल्ला वन अधिकृत रामबहादुर विक बताउछन । बुर्तिबाङको माडे सामुदायिक वनबाट सबैभन्दा बढी खोटो संकलन हुने गरेको उनको भनाइ छ । खरिदकर्ताले प्रतिकेजी रु १२ का दरले खोटो खरिद गर्ने गरेका छन् ।
खोटो बेचेर समूहमा आउने आम्दानी उपभोक्ताले आयआर्जनमा लगाउने गरेका छन् । आयआर्जनमार्फत समूहका सदस्यको जीवनस्तर सुधारमा मद्दत पुगेको सामुदायिक वन उपभोक्ता महासंघको ठहर छ । खोटो संकलन र निर्यातलाई जिल्लाका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने महासंघको जिल्ला अध्यक्ष प्रेम लामिछाने बताए । बजार प्रवद्र्धनसँगै आर्थिक तथा प्राविधिक सहयोग गर्न महासंघ तयार रहेको उहाँको भनाइ छ ।
“वनमा त्यसै खेर गइरहेको खोटो संकलनबाट लाखौँ रुपैयाँ समूहमा भित्रिएको छ”, उन भने, “यसलाई अझै व्यावसायिक बनाउन आवश्यक छ ।” वनको स्रोत उपयोग गरेर उद्यम सञ्चालन गर्ने उपभोक्तालाई महासंघले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि सल्लो प्रजातिको वन क्षेत्र पर्याप्त भएको हुँदा खोटोको राम्रो सम्भावना छ ।
Comments
अरु समाचार
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने
काठमाडौं । आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...