ताजा समाचार

डा. केसीको समर्थनमा आजदेखि वसन्तपुरमा सामूहिक अनशन

काठमाडौं ६, साउन । डा. केसीका समर्थकहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् । २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो ।

सामूहिक अनसन बिहान १० देखि ५ बजेसम्म बस्नेछन्। सोलिडारिटी फर डा केसी अभियानले सो कार्यक्रमको आयोजना गरेको हो।

सोलिडारिटी फर डा. केसी अलायन्सकाे आयोजनामा हुन लागेको सत्याग्रह बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।

अनसनमा सामाजिक अगुवा, राजनीतिक दलका नेता, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानून व्यवसायी, विद्यार्थीहरूको सहभागिता रहने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org