ताजा समाचार

टिचिङ हस्पिटल गेटबाट झण्डै ३५ बढि डा. केसीका समर्थक पक्राउ, पुलिस क्लबभित्रै धर्ना

काठमाडाैं १०, साउन । डा. केसीको समर्थनमा सरकारका विरुद्ध आन्दोलन गर्ने क्रममा त्रिवि शिक्षण अस्पलातको गेटबाटै ३४ जना बढि चिकित्सक र समर्थक पक्राउ परेका छन् ।

आन्दोलनमा उत्रेका उनीहरु सरकारका विरुद्ध नाराबाजी गर्दै ‘टुक्के सरकार मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ लगायतका नाराबाजीमा उत्रेर बालुवाटार तिर जान खोजेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जनाएका छन् ।

उनीहरु नाराबाजीसहित महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेपछि प्रहरीले अस्पतालको मुल गेटमै रोकेको थियो तर, त्यसपछि प्रहरी र सरकारविरुद्ध चर्को नाराबाजी गर्दै थप उत्तेजित भएर अगाडी बढ्न खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुलाई अहिले पुलिस क्लबमा राखोएको छ भने, उनीहरुले त्यँहि धर्ना सुरु गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org