ताजा समाचार

काठमाडाैंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो !

काठमाडाैं ११, साउन । काठमाडाैंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदिमा खसेको छ ।

ना ६ ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको जनाइएको छ । विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार गरिरहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org