ताजा समाचार

अपडेट: त्रिशुलीमा बस खस्दा ७ को मृत्यु, २१ घाइते

काठमाडाैं ११, साउन । काठमाडाैंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदिमा खस्दा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते २३ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए । तर, दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा बाटोमै मृत्यु भएको हो ।

ना ६ ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि करिब १ सय मिटर तल बस खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org