श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा
पोखरा १२, साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं भेटघाट कार्यक्रममा उनले पत्रकारिताको विकास, सम्वद्र्धन, पेशागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन कानून निर्माणको तयारी गरिएको बताए ।
श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध भएको बताउँदै उनले यही असारदेखि पत्रकारले बैंकबाटै पारिश्रमिक भुक्तानी पाउने व्यवस्था गरिएको उल्लेख गरे ।
समानुपातिक विज्ञापनसम्बन्धी नयाँ ऐन आउन लागेको जानकारी दिँदै उनले आम सञ्चार ऐन आउँदै गरेको र मिडिया काउन्सिलसम्बन्धी नयाँ व्यवस्था गरिनलागेको जानकारी दिए ।
अनलाइनलाई पत्रकारिताको मूलधारमा ल्याउने सरकारको तयारी रहेको बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल र अनलाइन एउटै नभएको उल्लेख गरे । पत्रकारितामा पेशागत लक्ष्मण रेखाको मर्यादा हुने उहाँको भनाइ छ ।
मन्त्री बाँस्कोटाले पाठक एवं दर्शकको छनौटमा पर्ने गरी सञ्चार माध्यमले आफूलाई प्रतिस्पर्धामा उतार्नुपर्ने बताए ।
सञ्चार माध्यम संरक्षणभन्दा पनि प्रतिस्पर्धात्मक बन्नु आवश्यक रहेको औल्याउँदै उनले संरक्षणका लागि लोक कल्याणकारी विज्ञापन जारी रहेको बताए ।
संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि फ्रिक्वेन्सीको अधिकार व्यवस्था गरेको बताउँदै उनले ती अधिकार पाउने विषयलाई व्यवस्थित गराउनका लागि कानुन मन्त्रालयलाई अघि बढाउन भनिएको बताए ।
सरकारले पत्रकार वृत्ति कोष स्थापना गरेको बताउँदै उनले हाल त्यसका लागि रु। एक करोड विनियोजन गरिएको र अर्को वर्ष दुई करोड हुने उल्लेख गरे ।
पत्रकारमाथि आक्रमण गर्नेलाई सरकार हेरेर नबस्ने बताउँदै मन्त्री बाँस्कोटाले सरकार पत्रकारको पेशागत सुरक्षाका लागि तत्पर रहेको उल्लेख गरे ।
कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...