ताजा समाचार

बालश्रमलाई बढवा दिने दफा हटाउन माग गर्दै सडक नाटक प्रर्दशन

काठमाडाैं १३, साउन । घरेलु बालश्रमलाइ बढावा गर्ने मुलुकी ऐनको दफा खारेजिका निम्ति पुर्व घरेलु बालश्रमिकको नेतृत्वमा अभियान् सन्चालन भएको छ । मुलुकि ऐनको दफा ६४० देखि ६४४ सम्मको दफाले घरेलु बालश्रमलाई बढावा गर्ने र उक्त दफा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय ऐन तथा सन्धी विपरित भएको निष्कर्ष निकाल्दै बाल अधिकारको क्षेत्रमा कृयाशिल सस्थाहरुले सयुक्त रुपमा अभियान सन्चालन गरेका छन ।

काठमाडौ जिल्ला बाल क्लब सन्जाल , बाल अधिकारका लागि राष्ट्रिय अभियान तथा बाल अधिकार अभियान नेपालले शनिबार राजधानिको वसन्तपुर डबलीमा फ्ल्यास मोब र सडक नाटक प्रस्तुत गर्दै अभियानको सुरुवात गरेको बाल अधिकार अभियानका उपसम्योजक ललित शाहिले बताए । ऐन बनाउनेहरुले बालश्रमको पीडा र आँसु नबुझेको तर आफुले भोगेर आएकाले टुलुटुलु हेरेर बस्न नसकेकाले अभियान सन्चालन गर्नुपरेको कार्यक्रम सम्योजक तथा काठमाडौ जिल्ला बालक्लब सन्जालका अध्यक्ष राजाराम बस्नेतले जनाए ।

७ वर्षको उमेरदेखि बालश्रमिकको रुपमा काम गरेका उनै राजारमको नेतृत्वमा यो कार्यक्रम सन्चालन भइरहेको छ ।बालबालिकाको क्षेत्रमा लामो समय देखि काम गर्दै आएका अभियान्ता प्रविण सिलवाल कार्यक्रम लाई अझै प्रभावकारी बनाउँदै लैजाने बताए ।

उनले भने सबै क्षेत्रमा कार्यरत मान्छेको हक अधिकारको लागी बोल्ने आ आफ्नै क्षेत्र छन् तर बालबालीका आफैलाई परेको अन्याय बारे अनविज्ञ छन् यसलाई हटाउनु हाम्रो जिम्मेवारी हो । त्यसैले हामी लागीरहन्छौ ।

त्यस्तै, अर्का अभियान्ता सिर्जना मल्लले यो अभियान ठोस उपलब्धी प्राप्त नभइन्जेलसम्म सुझब मुलक, दबाब मुलक कार्यक्रम सञ्चालन गरिरहने बताइन् । आगामी कार्यक्रम आउदो शनिबार पाटनमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org