राजपा संयोजक ठाकुर दिल्ली जाँदै
काठमाडौं १२,साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयोजक महन्थ ठाकुर स्वास्थ्य उपचारको लागि आज भारतको राजधानी दिल्ली जान लागेका छन् ।
स्वास्थ्य उपचारका लागि उनी दिल्ली जान लागेको पार्टीले जनाएको छ । चैतको अन्तिम साता दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना भइ उपचार गराएर बैशाखको पहिलो हप्ता नेपाल फर्केका उनी डाक्टरको सुझाव अनुसार फ्लोअपका जान लागेको बताइएको छ ।
त्यतिबेला एन्जियोग्राफी गरी उनको छातीमा तीनवटा स्टेन राखिएको थियो ।
केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले डाक्टरको नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनले दुई वर्षदेखि नियमित जाँच गराएका थिएनन् । पछि जाँदा स्टोन राख्नु पर्ने अवस्था आएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी दिए ।
बैशाखमा दिल्लीमा उपचार गरेर फर्किएका ठाकुरलाई एक महिना पछि फ्लोअपमा आउन डाक्टरहरुले भनेका थिए । तर, दुई महिना ढिलो जान लागेका हुन् ।
दिल्लीमा रहँदा उनले भारतीय नेताहरुलाई भेट्ने कार्यक्रम पनि रहेको पार्टी स्रोतले जनाएको छ ।
पछिल्लो समय सरकार र राजपा नेपालबीच दुरी बढ्न थालेपछि राजपाले विकल्पको खोजी गर्न थालेको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएको बेला उनले राजपा नेपालका नेताहरुलाई भेटेर प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्न सुझाव दिएकी थिइन् । सोही सुझाव अनुसार राजपा नेपाल लेकेपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनमा सहयोग गरेको थियो ।
तर, सहयोग गर्ने बेला जे सहमति भएको थियो त्यो अनुसार कार्यान्वयन नभएको भन्दै राजपा नेपाल सरकारबाट समर्थन फिर्ता लिने तयारीमा रहेको छ ।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...