ताजा समाचार

निकुञ्जमा तीन वर्षमा ११ बाघ मरे

चितवन, १३ साउन । चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२÷७३ मा एउटा, २०७३÷७४ मा एउटा र २०७४÷७५ मा चारवटा बाघ जुधेर मरेका थिए ।

उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने दुई वटा मर्नुको कारण खुल्न सकेको थिएन ।

पछिल्लो तथ्यांकअनुसार निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या १२० रहेपनि तिनको संख्या बढेको अनुमान गरिएको छ । बाघलाई आवश्यक क्षेत्रफल कमी भएकै कारण जुधेर मर्ने क्रम बढेको हुनसक्ने निकुञ्जको भनाइ थियो ।

विभिन्न कारणबाट वर्षेनी मर्ने बाघको संख्या बढेपछि यसमा कमी ल्याउन निकुञ्जले प्रयास गर्दै आएको सूचना अधिकारी अर्यालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org