अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उप्किएपछि मन्त्रि चढेको जहाज आकाशमै ‘होल्ड’
काठमाडौँ १८, साउन । धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान÷अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ ।
धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ । करीब २० मिनेटको समयपछि सेवा पुनःशुरु भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए ।
खासगरी वर्षाको समयमा यस्तो समस्या पटक–पटक निम्तिने गरेको छ । केही दिन पहिले नेपालगञ्जबाट काठमाडौँ आउनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सवार विमानसमेत धावनमार्ग उप्किएका कारण करीब ४५ मिनेट आकाशमै घुम्ने (होल्ड) मा परेका थिए ।
विमानस्थलको धावनमार्ग मर्मतका लागि पटक–पटक टेण्डर भए पनि प्रक्रिया अगाडि नबढ्दा वर्षाको समयमा बढी समस्या देखिने गरेको छ ।
महाप्रबन्धक क्षेत्रीले सामान्य समस्या देखिनेवित्तिकै द्रुत मर्मत टोली परिचालन गरी समस्याको समाधान गरिएको बताए । कालोपत्र उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।
विज्ञहरुले विमानस्थलको नयाँ धावनमार्ग निर्माण गर्नुपर्ने र हाल सञ्चालनमा रहेको धावनमार्गलाई पूर्णरुपमा मर्मत गर्न सुझाव दिँदै आएका छन् । तर एकमात्र धावनमार्ग भएका कारण मर्मतमा समेत समस्या देखिने गरेको छ । धावनमार्ग पूर्णरुपमा मर्मत गर्न कम्तीमा एक वर्ष लाग्ने बताइएको छ ।
बढी उडान चाप हुने समयमा धावनमार्ग उप्किएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु होल्ड भएका थिए । मनसुन शुरु भएपछि करीब पटकपटक धावनमार्गमा समस्या आउने गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न नहुँदासम्म धावनमार्गमा आउने समस्याका कारण जहाज आकाशमै होल्ड गर्नुपर्ने वा अन्यत्र पठाउनुपर्ने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था कायमै रहने देखिन्छ ।
कतार एयरवेज, नेपाल एयरलाइन्स, विमान बंगलादेश, जेट एयरलगायत जहाज अवतरण गर्न नसकेपछि आकाशमा चक्कर लगाउनुपरेको थियो । आन्तरिक उडानमा रहेका बुद्ध एयर, यति एयरलाइन्सका जहाज जुन स्थानबाट आएका थिए उतै मोडिएका थिए ।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...