ताजा समाचार

प्रधानन्यायाधिशमा दिपकराज जोशी बहुमतले अस्वीकृत, कांग्रेसद्वारा सुनुवाई समितिको बैठक बहिस्कार

काठमाडाैं १८, साउन । प्रधानन्यायाधिशमा दीपकराज जोशी बहुमतले अस्वीकृत भएका छन् ।

सिहंदरबारमा बसेको संसदीय सुनुवाई बिशेष समितिको बैठकमा बहुमतद्वारा जोशी अस्विकृत भएका हुन् । यस्तै, नेपाली कांग्रेसले सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ ।

मतदान प्रक्रियामा कांग्रेस सहभागी नभएपछि जोशिको पक्षमा शुन्य मत परेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारि दिए ।

बैठक बहिस्कार गर्नुका चार कारण लिखित रुपमै राखेर कांग्रेसले बैठक बहिस्कार गरेको हो ।

दुई तिहाइले प्रधानन्यायाधीश सिफारिश भएका व्यक्तिलाई अस्वीकृत गर्नु न्यायालयमाथिको हस्तक्षेप भएको भन्दै आफूहरूले बैठक बहिष्कार गरेको कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कांग्रेस सांसदहरू निस्केपछि बसेको समिति बैठकले जोशीबारे मतदान भएको थियो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org