चार दिनसम्म पनि खुलेन पासाङल्हामु राजमार्ग
नुवाकोट १८, साउन । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१० भेसैनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक चार दिनसम्म पनि सञ्चालन हुन नसक्दा रसुवाका नागरिकलाई असहज भएको छ ।
पहिरोका कारण रसुवा र राजधानी काठमाडौँबीचको सडकयात्रा रोकिँदा यात्रुले सास्ती झेल्नुपरेको हो । पहिरोले सडक अवरुद्ध भएपछि रसुवाबाट भैँसेसम्म बसमा आएर त्रिशूली नदीको झोलुंगे पुल तरेर तुप्चेपट्टी गएर अर्को बस चढेर आवतजावत गर्न बाध्य भएका छन् ।
झोलुंगे पुलबाट वारपार गरेर सवारी साधन परिवर्तन गरी आवातजावत गरे पनि खाद्य सामग्री, तरकारी, दुग्धजन्य पदार्थ रसुवातर्फ निकासी हुन रोकिएको फलफूल व्यापारी गोपी न्यौपानेले बताए ।
झण्डै सय मिटर सडक पहिरोले पुरिएको छ भने पहिरोमाथि खेतको पानी आएका कारण पहिरो निरन्तर खसिरहेकाले पहिरो हटाउन समस्या भएको हो । पहिरो माथिबाट आएको पानीलाई बाँध बाँधी अन्यत्र तर्काएर पहिरो पन्छाउने काम गरिए पनि पहिरो खस्नेक्रम नरोकिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए ।
वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेंसी सडक खण्डको मनकामनामा पहिराका कारण ठूला सवारीसाधन रसुवा आउनजान समस्या भएको प्रहरीले जनाएको छ ।
चार वटा स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोका कारण विदुर नपा–१० गैरीखर्कका ५० घर जोखिममा परेकाले बस्ती जोगाउन नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको वडाध्यक्ष गणेशकुमार नेपालले बताए ।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...