ताजा समाचार

प्रदेश ५ को संसदमा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडाैं २० ,  साउन ।  प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

 

आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् ।

प्रधानमन्त्री नेतृत्वको संबैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको व्यक्ति प्रधान न्यायाधीशमा अयोग्य भएपछि अयोग्य व्यक्तिलाई प्रधानन्यायाधीसमा सिफारिस गर्ने प्रधानमन्त्रीमाथि पनि नैतिक प्रश्न उठ्ने भन्दै उनीहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

दुई तिहाईको दम्भकै कारण संबैधानिक परिषदबाट प्रधान न्यायाधिसमा सिफारिस भएका कामु प्रधान न्यायाधिस दिपकराज जोशीको नाम अनुमोदन नगरिएको बताउँदै कांग्रेस सांसदहरुले प्रधान न्यायाधीश प्रकरणले सरकार अधिनायकवाद तर्फ अगाडि बढेको संकेत गरेको आरोप लगाए ।

संसदको बिशेष समयमा बोल्दै कांग्रेस सांसद भुवनेश्वर चौधरीले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै मुक्त कमैयाहरुको घर निर्माणका लागि काठ किन्न सरकारले एक वर्ष अगाडि उपलब्ध गराएको एक करोड ७० लाख रुपयाँ हालसम्म पनि जिल्ला वन कार्यालयको खातामा रहेको र मुक्त कमैयाहरुले घर बनाउन काठ नपाएको भन्दै उक्त रकमको व्याजसहित मुक्त कमैयालाई उपलब्ध गराउन माग गरे ।

उनले बर्दियाको सुकुम्बासी समस्या तत्काल समाधान गर्न पनि उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेस सांसद पुष्पा थरुनीले पनि प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै रुपन्देहीको मोतिपूरस्थित औद्योगिक करिडोरले स्थानीय जनता र जनप्रतिनिधिहरुबीच भएको सहमति बिपरित करिडोर निर्माण गर्न लागेको भन्दै लामो समय अगाडिदेखि त्यस क्षेत्रमा बस्दै आएको बस्ती नउठाउन माग गरिन् ।

उनले वर्षादका कारण रुपन्देहीकै सियारी गाउँपालिका-७ खनरीस्थित देवनारायण थारुको घर भत्किएको जानकारी गराउदै पीडित थारुलाई राहात तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org