ताजा समाचार

लोकसेवा आयोगले सातै प्रदेशमा कार्यालय विस्तार गर्दै

काठमाडाैँ २२, साउन ।  लोकसेवा आयोगले आफ्ना कार्यालय सातै प्रदेशमा विस्तार गर्ने भएको छ । सरकारले दरबन्दी स्वीकृत गरेपछि आयोगले कार्यालय खोल्ने तयारी गरेको हो ।

सातै प्रदेशमा कार्यालय खोल्ने प्रक्रिया केही दिनमै अघि बढ्ने आयोगले जनाएको छ । आयोगको संघीय रुपान्तरण भएकाले त्यसै अनुरुप कार्यालय खोलिने तयारी भएको हो । कर्मचारी समायोजन प्रक्रिया समेत यसै साताबाट सुरु गर्ने आयोगको तयारी रहेको छ । संविधानमा व्यवस्था रहेको प्रदेश लोकसेवा आयोग गठन नभएसम्म यही यही कार्यालयहरुले कर्मचारी भर्ना लगायतका काम गर्ने छन् ।

संघीय कानून निर्माण भएपछि त्यसै अनुरुप प्रदेशले लोकसेवा सम्बन्धी कानून बनाउनुपर्ने छ । हाल संघीय कानून समेत बन्न सकेको छैन, जसले गर्दा प्रदेश लोक सेवा आयोगमा निर्माणमा ढिलाई भएको छ । सरकारले लोकसेवाको केन्द्रीय, प्रादेशिक र अन्य गरी १६ वटा कार्यालय राख्न गरेको निर्णयअनुसार प्रदेश १ को धनकुटामा, प्रदेश २ को जलेश्वरमा, प्रदेश ३ को काठमाडाैंमा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश ५ को बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र प्रदेश ७ को दिपायलमा प्रदेशस्तरीय कार्यालय रहने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org