ताजा समाचार

पुलिसको गाडिको ठक्करले कोइरालाको मृत्यु

काठमाडाेँ २२, साउन । इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एक सर्वसाधारणको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–१ दुर्गापुरमा सोमबार साँझ पश्चिमबाट मे ८ प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इप्रका कन्काईको मे १ ज ५८६ नम्बरको गाडीले ठक्कर दिएको थियो ।

प्रहरीको गाडीको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org